images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मकवानपुरमा एमालेको २ हजार २५ सदस्यीय...

मकवानपुरमा एमालेको २ हजार २५ सदस्यीय निर्वाचन परिचालन कमिटी

मकवानपुरमा एमालेको २ हजार २५ सदस्यीय निर्वाचन परिचालन कमिटी

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • हेटौँडा । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ ।  बैठकले मकवानपुर इन्चार्ज तथा प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा उक्त सङ्ख्याको निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा पार्टी केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी तथा प्रदेश निकायका सदस्य, जिल्ला कमिटी, जिल्ला लेखा कमिटी र जिल्ला सल्लाहकार समितिका सदस्यहरू, ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, पालिका तथा इलाका कमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न जनसङ्गठनका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरीय पदाधिकारीहरू, स्ववियुमा निर्वाचित पदाधिकारी तथा सदस्यहरू समेटिएका छन् ।

    images
    images

    निर्वाचन परिचालन कमिटीको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहेका छन् । साथै ७७ सदस्यीय निर्वाचन परिचालन कमिटी सचिवालय समिति पनि गठन गरिएको जिल्ला उपाध्यक्ष लामाले जानकारी दिए । बैठकले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति गठन गरेको छ ।  प्रतिनिधिसभा १ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक एकालाल श्रेष्ठ, सह–संयोजक नवीन सिग्देल र कमल विष्ट तथा सचिव अनिल बानियाँ रहेका छन् । त्यसैगरी प्रतिनिधिसभा २ नं‍. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक भारती पाठक, सहसंयोजक बलराम बल र राजाराम स्याङ्तान तथा सचिव मेम्मर लामालाई जिम्मेवारी दिइएको छ ।

    त्यसैगरी निर्वाचन प्रचार समितिको संयोजक नवीन सिग्देल, अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति, आर्थिक व्यवस्थापन संयोजक गोपाल श्रेष्ठ, प्रशासनिक समन्वय संयोजक हिदम लामा, जनसांस्कृतिक संयोजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयोजक सीता विष्ट, कार्यालय सञ्चालन व्यवस्थापन संयोजक आरती पाठक, भूगोल बाहिर रहेका मतदाता समन्वय समिति संयोजक फूर्वा दोर्जे लामा, कानुनी परामर्श संयोजक मदन दाहाल नियुक्त गरिएको छ ।उम्मेदवार फोकल पर्सनका रूपमा प्रतिनिधिसभा १ नं. क्षेत्रमा दिलु घर्ती र २ नम्बर क्षेत्रमा आशिष अस्लामीलाई तोकिएको छ । नेकपा एमालेले मकवानपुर–१ मा राना र २ मा महेश बर्तौलालाई उम्मेदवार बनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend