images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगम, भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगम, भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौँ । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवनसम्म र सिलगुढीदेखि झापा (चाराली) सम्मका पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजना अनुदानमा अघि बढाउन भारत सरकारसँग निगमले प्रस्ताव गरेको छ ।नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अमलेखगञ्ज–चितवन पाइपलाइन परियोजना अघि बढिसकेको छ । यो पाइपलाइनको लम्बाइ करिब ६२ किलोमिटर हुनेछ भने क्षमता २ मिलियन मेट्रिक टन रहनेछ । यसको निर्माण र लागत भारतीय आयल कर्पोरेसनले भारत सरकारको अनुदानमा व्यहोर्नेछ । दुई पाइपलाइनको कुल अनुमानित लागत करिब १५ अर्ब नेपाली रुपैयाँ रहेको छ । चितवनमा निर्माण हुने भण्डारण गृह भने नेपाल आयल निगमको आफ्नै बजेटबाट बनाइनेछ, जसमा करिब ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

    images
    images

    मोतिहारी–अमलेखगञ्ज पाइपलाइनसँग जोडेर पेट्रोल र डिजेलजस्ता इन्धन चितवनसम्म पाइपबाटै पु-याइने योजना छ । यस्तै, सिलगुढी–झापा पाइपलाइन परियोजनाको लम्बाइ करिब ५० किलोमिटर हुनेछ । यसको लागत करिब ९ अर्ब नेपाली रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । भट्टका अनुसार यो पाइपलाइन र झापामा निर्माण हुने भण्डारण टर्मिनल भारतीय आयल कर्पोरेसनले अनुदानमै निर्माण गर्नेछ । सन् २०२४ अक्टोबरमा नेपाल–भारतबीच भएको फ्रेमवर्क सम्झौतापछि यो परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।दुवै परियोजनाको लागत भारतीय पक्षबाट करिब १५–१६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यी परियोजना सम्पन्न भएपछि कोशी प्रदेशको इन्धन माग पूरा हुने र ढुवानी खर्चमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक भट्टले भने, ‘अमलेखगञ्जदेखि चितवनसम्म करिब १५ अर्बको पाइपलाइन र भण्डारण गृह निर्माण हुँदैछ । पाइपलाइन ६२ किलोमिटरको हुनेछ भने भण्डारण गृह ९१.८ मिलियन मेट्रिक टन क्षमताको हुनेछ । सिलगुढीदेखि झापासम्मको पाइपलाइन परियोजनाको लागत करिब ९ अर्ब छ । सिलगुढी–झापा पाइपलाइन र झापामा बन्ने भण्डारण गृह तथा अमलेखगञ्ज–चितवन पाइपलाइन भारतीय आयल कर्पोरेसनले बनाइदिनेछ । चितवनको भण्डारण गृह भने नेपाल आयल निगमको बजेटबाट निर्माण हुनेछ, जसमा करिब ८ अर्ब खर्च लाग्नेछ । भारत सरकार अर्थात् भारतीय आयल कर्पोरेसनबाट करिब १५–१६ अर्ब खर्च हुनेछ ।’यसैबीच, हाल ट्रक र बुलेटमार्फत भारतबाट आयात भइरहेको एलपीजी ग्यासको ढुवानीमा वार्षिक करिब ६ अर्ब रुपैयाँ खर्च भइरहेको छ, जुन अधिकांश भारतीय ढुवानीकर्तालाई जाने गरेको छ । यो खर्च घटाउन र आपूर्ति सहज बनाउन नेपाल आयल निगमले पाइपलाइनमार्फत ग्यास आयात गर्ने तयारी गरेको छ ।

    images
    images

    भट्टका अनुसार भारतको मोतिहारीदेखि सर्लाहीसम्म एलपीजी ग्यास पाइपलाइन निर्माण गर्ने योजना तयार भइसकेको छ । त्यहाँ १५–२० दिन पुग्ने भण्डारण गृह निर्माण गरी नेपाली बुलेटमार्फत उद्योग तथा बोटलिङ प्लान्टमा वितरण गर्ने योजना छ । प्रारम्भिक अनुमानअनुसार उक्त परियोजनाको लागत करिब १२ अर्ब रुपैयाँ हुनेछ ।यो परियोजना कार्यान्वयन भएपछि ढुवानी भाडा उल्लेख्य रूपमा घट्ने, नेपालमै रकम बचत हुने, ग्यास सस्तो पर्ने, सिजनमा हुने अभाव हट्ने र वितरण सहज हुने निगमको अपेक्षा छ । हाल यो परियोजना प्रस्ताव चरणमै रहेको र भारत सरकारसँग अनुदानमा निर्माणका लागि प्रस्ताव गरिएको भए पनि ठोस प्रतिक्रिया नआइसकेको भट्टले बताए ।वित्तीय ढाँचा पूर्ण रूपमा तयार नभएकाले विस्तृत अध्ययनपछि मात्रै यकिन लागत र कार्यान्वयनबारे निर्णय हुने उनले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend