images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • मदन भण्डारी विश्वविद्यालयको उपाध्यक्षमा डा. भुजु...

मदन भण्डारी विश्वविद्यालयको उपाध्यक्षमा डा. भुजु नियुक्त

मदन भण्डारी विश्वविद्यालयको उपाध्यक्षमा डा. भुजु नियुक्त

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं - मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले प्रा.डा. दिनेशराज भुजुलाई उपाध्यक्ष (शैक्षिक तथा अनुसन्धान) पदमा नियुक्त गरेको छ ।तीन दशकभन्दा बढी समयदेखि उच्च शिक्षा, अनुसन्धान र विज्ञान नीति क्षेत्रमा सक्रिय डा। भुजु हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का प्राज्ञ हुन् ।उनी चीनको नर्थवेस्ट युनिभर्सिटीमा अतिथि प्राध्यापकका रूपमा पनि कार्यरत छन् ।यसअघि उनले नेपाल, इटाली र पोल्यान्डका विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गरी सकेका छन् ।

    images
    images

    डा. भुजुले जापानको चिबा विश्वविद्यालयबाट इकोलोजी विषयमा विद्यावारिधि हासिल गरेका हुन् ।उनले नास्टमा विज्ञान संकाय प्रमुख तथा विभाग प्रमुख, ख्वःप इन्जिनियरिङ कलेजका संस्थापक प्राचार्य, तथा मध्यपश्चिम विश्वविद्यालय (एमआइसीडि) का शैक्षिक संयोजक तथा कार्यकारी निर्देशक जस्ता जिम्मेवारी सम्हाली सकेका छन् ।उनको अनुसन्धान मुख्यतः चुरे क्षेत्रको इकोलोजी, हिमाली वृक्षरेखा तथा डेन्ड्रो–जलवायुविज्ञानमा केन्द्रित रहेको छ ।डा। भुजुले युनेस्को, यूएनडीपी, इसिमोड, डब्लूडब्लूएफ तथा नेपाल सरकारको सहकार्यमा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन र विज्ञान नीतिसम्बन्धी विभिन्न अनुसन्धान तथा नीतिगत परियोजनाहरूको नेतृत्व र परामर्श दिएका छन् ।

    राष्ट्रिय प्रतिभा पुरस्कार (२०००) र बागमती प्रदेश नवप्रवर्तन पदक ९२०२४० बाट सम्मानित डा। भुजुका ८० भन्दा बढी समिक्षित जर्नल लेख, ५० भन्दा बढी पुस्तक अध्याय तथा सम्मेलन कार्यपत्र, र २० भन्दा बढी पुस्तक तथा पाठ्यपुस्तक प्रकाशित छन् ।उनले १०० भन्दा बढी स्नातकोत्तर तथा विद्यावारिधिका शोधकर्ताहरूलाई निर्देशन गरिसकेका छन् ।साथै, उनी करिब ६०० विज्ञानसम्बन्धी रेडियो कार्यक्रम मार्फत विज्ञान जनसाधारणसम्म पुर्‍याउने कार्यमा संलग्न रही सकेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend