images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • मञ्जुश्री फाइनान्सको नाफा १३.५३ करोड पुग्यो,...

मञ्जुश्री फाइनान्सको नाफा १३.५३ करोड पुग्यो, खराब कर्जामा सुधार

मञ्जुश्री फाइनान्सको नाफा १३.५३ करोड पुग्यो, खराब कर्जामा सुधार

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो।खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा आएको सुधारले नाफा बढ्न सहयोग पुगेको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८१ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने सामान्य रूपमा घट्दै ५ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ५ करोड ९९ लाख रुपैयाँ थियो।

    images
    images

    यस अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशतले वृद्धि भई ५३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १९ करोड ३७ लाख रुपैयाँ कायम भएको छ।यता, फाइनान्सको रिटेन्ड अर्निङ ३४.१५ प्रतिशतले घटेर २३ करोड ५६ लाख रुपैयाँमा झरेको छ। रिजर्भ भने बढ्दै अघिल्लो वर्षको ७३ करोड ५४ लाख रुपैयाँबाट ७८ करोड २० लाख रुपैयाँ पुगेको छ।कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) मा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा खराब कर्जा अनुपात ३.८६ प्रतिशतबाट घटेर ३.६४ प्रतिशतमा सीमित भएको छ।निक्षेप तथा कर्जा प्रवाहतर्फ हेर्दा, फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।प्रति सेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७१ पैसाले बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ। त्यस्तै, प्रति सेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३९.८९ गुणा कायम भएको छ। कम्पनीको तरलता अनुपात २३.५२ प्रतिशत रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend