images

२०८३ आश्विन १७ गते

images
images
images

बेनी सामुदायिक विद्यालयमा ‘जन्मदिन अक्षयकोष’

बेनी सामुदायिक विद्यालयमा ‘जन्मदिन अक्षयकोष’

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • म्याग्दी, ५ माघ । यहाँको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘जन्मदिन अक्षयकोष’ स्थापना गरेको छ । फजुल खर्च गरेर भड्किलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित गरी विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना गरिएको सो कोषको आइतबार औपचारिक रुपमा घोषणा गरिएको हो । 

    images
    images

    विद्यालयका प्रधानअध्यापक भीम घर्तीले शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थीहरुको जन्मदिनको अवसरमा कोषमा सङ्कलन हुने रकमको व्याजबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाकमा सहयोग गरिने जानकारी दिनुभयो । “एक हजार २७५ जना कूल विद्यार्थी रहेको हाम्रो विद्यालयका करिब १० प्रतिशत विद्यार्थीलाई गरिबी र परिवारको कमजोर आर्थिक अवस्थाका कारण कापी, कलम र पोसाकको व्यवस्था गर्न समस्या छ”, उहाँले भन्नुभयो, “भड्किलो शैलीमा जन्मदिन मनाउने खर्च बचाएर विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोषको व्याज परिचालन गरिनेछ ।”

    रु २० लाखको अक्षयकोष बनाउने उद्देश्य राखिएको कोषमा आइतबारसम्म करिब रु ७० हजार सङ्कलन भइसकेको छ । पञ्चवर्षीय शैक्षिक कार्ययोजनाअनुसार जन्मदिन अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images

    कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयले विसं २०६९ को एसइई परीक्षामा देशभर उत्कृष्ट नतिजा ल्याएको थियो । पछिल्लो १५ वर्षयता एसइई उत्कृष्ट नतिजा हासिल गरेको बेनी सामुदायिकको शैक्षिक नतिजाले विद्यार्थीको चाप बढेको छ । 

    अक्षयकोष घोषणा कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले बेनी सामुदायिक माविको शैक्षिक उचाइलाई घट्न नदिन शिक्षक, विद्यार्थी, अभिभावकले मेहनत तथा सरोकारवालाले साथ दिनुपर्ने बताउनुभयो ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend