images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमले रद्द गर्‍यो नयाँ बिलिङ...

नेपाल टेलिकमले रद्द गर्‍यो नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया

नेपाल टेलिकमले रद्द गर्‍यो नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न अघि बढाएको ठेक्का प्रक्रिया रद्द गरेको छ। करिब साढे ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको कन्भर्जेन्ट रियल–टाइम बिलिङ एण्ड कस्टमर सपोर्ट सिस्टम खरिदका लागि अघि बढाइएको ठेक्का प्रक्रिया औपचारिक रूपमा रद्द गरिएको हो।ह्वावे कम्पनीलाई मिलेमतोमा ठेक्का दिन लागिएको आरोपसहित लामो समयदेखि उक्त ठेक्का विवादित बन्दै आएको थियो। यही विवादका बीच अन्ततः टेलिकमले सम्पूर्ण ठेक्का प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो।

    images
    images

    हाल नेपाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फो कम्पनीले सञ्चालन गर्दै आएको छ। उक्त कम्पनीसँगको सम्झौताको म्याद सन् २०२७ सेप्टेम्बरसम्म कायम छ।टेलिकमका अनुसार यति ठूलो र जटिल प्रणालीको ठेक्का प्रक्रिया पूरा गर्न लामो समय लाग्ने गर्दछ। त्यसैगरी, ठेक्का लगाइसकेपछि पनि डाटा माइग्रेसनका लागि पर्याप्त समय आवश्यक पर्छ। तर अहिले ठेक्का प्रक्रिया नै रद्द भएपछि अब पुनः नयाँ बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ, जसले थप समय लिनेछ।जानकारहरूका अनुसार हालको अवस्थामा एसिया इन्फोसँगको सम्झौताको अवधि २०२७ सेप्टेम्बरसम्म रहेकाले, उक्त समय सकिनुअघि नै नयाँ बोलपत्र प्रक्रिया पूरा गरी नयाँ कम्पनी छनोट गरिसक्नुपर्ने दबाब टेलिकममाथि छ। तर अहिले खरिद प्रक्रिया नै रद्द भएकाले नयाँ प्रक्रिया कहिले सुरु हुन्छ भन्ने विषय स्पष्ट छैन।यदि तोकिएको समयभित्र नयाँ ठेक्का प्रक्रिया टुंगोमा नपुगेमा एसिया इन्फोकै म्याद थप्नु बाहेक अर्को विकल्प नहुने जानकारहरू बताउँछन्।

    null

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend