काठमाडौं । मौसमविद्ले आउँदो साता वर्षाको सम्भावना औँल्याएका छन् । पश्चिमदेखि पूर्वसम्म कतिपय स्थानमा पानी पर्न सक्ने मौसमविद्ले उल्लेख गरेका छन् ।त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले माघ ९ गतेदेखि पश्चिम नेपालबाट पानी पर्न थाल्ने सम्भावना रहेको बताएका छन् । माघ १३ गतेसम्म देशका विभिन्न स्थानमा त्यो क्रम जारी रहने उनको भनाइ छ ।
“माघ ९ गतेदेखि पश्चिम नेपालबाट सुरु हुने झरी माघ १३ गतेसम्म रहने देखिन्छ,” उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।यसपालि हिउँदयाम सुरु भएयता जल तथा मौसम विज्ञान विभागको रेकर्डमा रहने गरी वर्षा भएको छैन । हिमपात पनि खासै भएको छैन ।मंसिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । यो चिसो मौसमको समय हो । यो अवधिमा हिमपात, शीतलहर र हिउँदे वर्षाको सम्भावना हुन्छ ।करिब तीन महिनाको हिउँद अवधिमा वार्षिक कुल वर्षाको चार प्रतिशत हाराहारीमा पानी पर्ने विभागले जनाएको छ ।




.gif)



