images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई...

एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई नेपाल टेलिकमको चेतावनी

एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई नेपाल टेलिकमको चेतावनी

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौँ । नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा राजनीतिक प्रकृतिका सन्देश प्रवाह भएपछि टेलिकमले सम्बन्धित सेवा प्रदायकहरूलाई सचेत गराएको छ। केही सेवा प्रदायकले आफ्नो व्यापारिक प्रयोजनभन्दा बाहिर गएर राजनीतिक सन्देश पठाएको र यसबाट सेवाग्राहीले गुनासो गरेपछि टेलिकमले यस्तो कदम चालेको हो। टेलिकमले मंगलबार एक विज्ञप्ति जारी गर्दै व्यावसायिक प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न स्वीकृति दिइए पनि राजनीतिक सन्देशका लागि अनुमति नभएको स्पष्ट पारेको छ।

    images
    images

    नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण तेस्रो पक्षलाई उपलब्ध नगराउने भन्दै ग्राहकको गोपनीयताप्रति आफू संवेदनशील रहेको जनाएको छ। सम्बन्धित सेवा प्रदायकलाई जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने खालका सन्देश प्रवाह नगर्न कडा निर्देशन दिइएको छ। आगामी दिनमा सर्वसाधारणको मोबाइल नम्बरमा यस्ता सन्देश पठाए कारबाही गरिने सङ्केत टेलिकमले दिएको छ।

    टेलिकम प्रवक्ता रवीन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा व्यापार व्यवसाय प्रवर्द्धनका नाममा राजनीतिक गतिविधिमा संलग्न नहुन सबै सेवा प्रदायकलाई अनुरोध गरिएको छ। कम्पनीले आफ्ना ग्राहकको गोपनीयताको सम्मान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै यस प्रकारका अवाञ्छित सन्देशबाट पर्न गएको असुविधाप्रति ध्यान दिने बताएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend