images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • आइएमईको योजना सार्वजनिक, बम्परमा ‘बीवाइडी’ गाडी...

आइएमईको योजना सार्वजनिक, बम्परमा ‘बीवाइडी’ गाडी जित्ने मौका

आइएमईको योजना सार्वजनिक, बम्परमा ‘बीवाइडी’ गाडी जित्ने मौका

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । आइएमई लिमिटेडले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘टिक्मो (Tiqmo) मार्फत आइएमई गरौ, उपहार जितौं’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले ‘टिक्मो’ एप प्रयोग गरी आइएमई मार्फत नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्। पौष २१ गतेदेखि सुरु भएको यो अभियान चैत्र १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

    images
    images

    के-के छन् उपहार ?
    कम्पनीका अनुसार यो योजनामा सहभागी भई रेमिटेन्स पठाउनेमध्येबाट ‘मेगा पुरस्कार’ अन्तर्गत एक जना भाग्यशाली विजेताले ‘बीवाइडी अट्टो १’ प्राप्त गर्नेछन्।त्यस्तै, मासिक रूपमा दुई जना भाग्यशाली विजेताले ‘याडिया ओविन’ स्कुटर जित्नेछन् भने साप्ताहिक विजेता अन्तर्गत १२ जना भाग्यशाली विजेताले ‘आइफोन १७’ जित्न सक्नेछन्।टिक्मोको यो उत्सवमा सामेल भई कुल १५ जना भाग्यशाली व्यक्ति लाभान्वित हुनेछन्। विजेताहरूको छनोट पारदर्शी डिजिटल लक्की ड्रमार्फत गरिने कम्पनीले स्पष्ट पारेको छ।

    वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको पैसा सुरक्षित रूपमा नेपाल पठाउन डिजिटल प्रविधिको प्रयोग बढाउने र उपहार पनि जित्ने अवसर प्रदान गर्न यो योजना ल्याइएको हो। टिक्मो साउदी अरेबियामा लोकप्रिय डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि प्रयोग गरिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend