images

२०८३ आश्विन १७ गते

images
images
images

विद्यार्थीका लागि साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

विद्यार्थीका लागि साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रममा पालिकाभित्रका आठ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थी तथा शिक्षक सहभागी छन् ।दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराधका कारण र त्यसबाट जोगिने व्यवहारिक उपायबारे विस्तृत जानकारी दिइने गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिनुभयो । 

    images
    images

    उहाँले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरू डिजिटल संसारका सक्रिय प्रयोगकर्ता भएकाले उनीहरू सचेत बने समाज सुरक्षित बन्न सक्ने धारणा व्यक्त गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवले जानकी गाउँपालिकाको समृद्धि र सुशासनमा विद्यार्थीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै प्रविधिको सही उपयोगले मात्रै समाजलाई सकारात्मक मार्गमा अघि बढाउन सकिने बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे तथ्याङ्कसहित जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सामाजिक सञ्जालमार्फत चरित्र हत्यासम्बन्धी एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । करिब ५०० जति उजुरी आए पनि धेरैजसो मुद्दा छलफल र समझदारीमार्फत टुङ््ग्याइएको उहाँले बताउनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइबर प्रविधिलाई नकारात्मक रूपमा मात्रै नहेर्न आग्रह गर्दै यसको सकारात्मक प्रयोगमा जोड दिनुभयो । उहाँले प्रविधि ज्ञानसँगै कानुनी सचेतना पनि आवश्यक रहेको उल्लेख गर्नुभयो ।गाउँपालिकाका सामाजिक विकास संयोजक रामअचल धोबीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई सचेत गराउनुभयो । अपरिचित व्यक्तिसँग अनलाइन संवाद नगर्न, व्यक्तिगत विवरण सुरक्षित राख्न र आर्थिक प्रलोभनमा नपर्न आग्रह गर्नुभयो ।कार्यक्रममा प्रहरी निरीक्षक रमेश विष्टले सहजीकरण तथा प्रशिक्षण प्रदान गरिरहनुभएको छ । उहाँले साइबर अपराध र बालविवाह बीचको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक असर, न्यूनीकरणका उपाय र विद्यमान कानुनी व्यवस्थाबारे जानकारी दिनुभयो । सहभागी विद्यार्थी कल्पना बर्माले कार्यक्रमबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने तरिका सिक्न पाइएको धारणा राख्नुभयो । उहाँले सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पक्षका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend