images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट अनलाइन...

नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट अनलाइन केवाईसी अपडेट सुविधा

नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट अनलाइन केवाईसी अपडेट सुविधा

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाई केवाईसी प्रणालीको परीक्षण शुरु गरेको छ । यसमा प्रयोगकर्ताले क्युआर कोडबाट लिंक प्राप्त गरी केवाईसी अपडेट गर्न सक्ने टेलिकमले जनाएको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुरु गरिएको विज्ञप्तीमा उल्लेख छ ।यसबाट सीम प्रयोगकर्ताले आफ्नो नाम वा अन्य विवरण सच्याउन ग्राहक सेवा केन्द्रमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । हाल पहिलो चरणको परीक्षणको क्रममा क्यूआर कोडबाट स्क्यान गर्न सकिने अवस्था भएको र भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने व्यवस्था हुने कम्पनीले जनाएको छ ।

    images
    images

    टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले सोसम्बन्धी परीक्षण कार्य शुभारम्भ गरेका हुन् । सो अवसरमा मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भुमिका खेल्न बताए । बागमती प्रादेशिक निर्देशनालय यादवले भने थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा प्रभाव पर्ने विश्वास व्यक्त गरे । दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend