images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • डिजिटल नेपाल निर्माणका लागि विश्व बैंकबाट...

डिजिटल नेपाल निर्माणका लागि विश्व बैंकबाट ७ अर्ब बढी ऋण लिने सरकारको निर्णय

डिजिटल नेपाल निर्माणका लागि विश्व बैंकबाट ७ अर्ब बढी ऋण लिने सरकारको निर्णय

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । सरकारले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजनाका लागि विश्व बैंकबाट पाँच करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने भएको छ ।गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावित सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हालको विनिमय दर अनुसार यो ऋण रकम करिब सात अर्ब २० करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

    images
    images

    ऋणसँग सम्बन्धित वित्तीय सम्झौता लगायतका कानुनी तथा प्राविधिक दस्तावेजहरूलाई अन्तिम रूप दिन सरकारले एक वार्ता टोलीसमेत गठन गर्ने भएको छ । अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिने वार्ता टोलीमा सरोकारवाला अन्य निकायका प्रतिनिधिहरू सदस्य रहनेछन् ।उक्त टोलीले विश्व बैंकसँग वार्ता गरी ऋणका सर्त र सम्झौताका बुँदाहरूलाई टुङ्गो लगाउने जिम्मेवारी पाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend