images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • स्वचालित कारका लागि एनभिडियाले ल्यायो ‘अल्पामायो’...

स्वचालित कारका लागि एनभिडियाले ल्यायो ‘अल्पामायो’ एआई प्लेटफर्म

स्वचालित कारका लागि एनभिडियाले ल्यायो ‘अल्पामायो’ एआई प्लेटफर्म

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • लस भेगास । विश्वकै मूल्यवान् टेक कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुआङले लस भेगासमा जारी ‘सीईएस’ प्रविधि सम्मेलनमा ‘अल्पामायो’ नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्म सार्वजनिक गरेका छन्। यो प्रविधिले चालकविहीन (स्वचालित) कारहरूलाई मानिसले जस्तै सोच्न, जटिल परिस्थितिमा निर्णय लिन र आफ्ना निर्णयहरूको कारण व्याख्या गर्न सक्षम बनाउने दाबी गरिएको छ।हुआङका अनुसार एनभिडियाले जर्मन अटो निर्माता मर्सिडीज–बेन्जसँगको साझेदारीमा यस प्रविधिद्वारा सञ्चालित ‘मर्सिडीज–बेन्ज सीएलए’ कारको उत्पादन समेत सुरु गरिसकेको छ। यो कार आगामी केही महिनाभित्रै अमेरिकी बजारमा उपलब्ध हुनेछ भने त्यसपछि युरोप र एसियामा विस्तार गरिनेछ। 

    images
    images

    सम्मेलनमा देखाइएको एक भिडियोमा उक्त एआई जडित कारले सान फ्रान्सिस्कोको सडकमा मानिसले जस्तै स्वाभाविक रूपमा गुडिरहेको र स्टेयरिङमा बसेका यात्रुले हात छोडेको देखाइएको थियो।एनभिडियाले ‘अल्पामायो' लाई 'ओपन-सोर्स’ मोडेलका रूपमा सार्वजनिक गरेको छ, जसको कोड हगिङ फेस प्लेटफर्ममा निःशुल्क उपलब्ध छ। यसले गर्दा विश्वभरका अनुसन्धानकर्ताहरूले यो प्रविधिमा पहुँच पाउन र यसलाई थप परिष्कृत गर्न सक्नेछन्। भविष्यमा हरेक कार र ट्रक स्वायत्त हुने भिजनका साथ एनभिडियाले अर्को वर्षसम्म रोबोट्याक्सी सेवा सुरु गर्ने योजना समेत बनाएको छ।

    बजार विश्लेषकहरूले यस घोषणालाई एनभिडियाको हार्डवेयर कम्पनीबाट ‘फिजिकल एआई’ प्लेटफर्म प्रदायकमा रूपान्तरण हुने ठुलो फड्कोका रूपमा हेरेका छन्। ४.५ ट्रिलियन डलरभन्दा बढी बजार पुँजी भएको एनभिडियाको शेयर मूल्यमा यो घोषणापछि सामान्य वृद्धि देखिएको छ। एआईको क्षेत्रमा आएको उछालसँगै अक्टोबरमा ५ ट्रिलियन डलरको मूल्य छुने यो विश्वकै पहिलो कम्पनी बनेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend