images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • रुपन्देही–२ बाट विष्णु पौडेलकाे नाम एकल...

रुपन्देही–२ बाट विष्णु पौडेलकाे नाम एकल सिफारिस

रुपन्देही–२ बाट विष्णु पौडेलकाे नाम एकल सिफारिस

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • बुटवल । रुपन्देही– २ बाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम सिफारिस भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस भएको हो । 

    images
    images

    पूर्वअर्थमन्त्री पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रातोपाटीलाई बताए । उनले भने– ‘जिल्लाका अन्य क्षेत्रबाट पनि सिफारिसका लागि बैठक र छलफल चलिरहेका छन् तर क्षेत्र नम्बर– २ बाट पौडलको नाम एकल सिफारिस भएको छ। अन्य क्षेत्र पनि अब बिस्तारै आउँछ।’रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend