images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै...

खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • रामेछाप । विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।

    images
    images

    कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विकास, खेलकुद शिक्षकको क्षमता अभिवृद्धि र विद्यालयस्तरमै एथलेटिक्स खेलको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।यस्ता प्रशिक्षणले स्थानीय खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

    प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई एथलेटिक्सका आधारभूत सीप, प्रशिक्षण विधि, खेलाडी छनोट प्रक्रिया तथा शारीरिक क्षमता विकाससम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ । प्रशिक्षणमा दैनिक सैद्धान्तिक कक्षा व्यवहारिक अभ्यास समेत गराइएको छ ।उक्त प्रशिक्षणमा सात जना खेलकुद शिक्षकसहित १५ जनाको सहभागिता रहेको छ । प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरका अनुभवी प्रशिक्षक धनिराम चौधारीले सञ्चालन गरिरहेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend