काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित आफूले अध्ययन गरेको श्री जनता माध्यमिक विद्यालयलाई करिब पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।
डा. शर्माले आफ्ना मातापिताको स्मृतिमा करिब चार करोड रुपैयाँ लागतमा १० कोठाको सुविधा सम्पन्न भवन निर्माण गर्ने बताए। भवनमा कम्प्युटर ल्याब, शौचालय लगायत करिब ६ हजार ४ सय वर्गफुट क्षेत्रफल रहने छ। भवन शिलान्याससँगै विद्यालयको नाम .‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’.मा परिवर्तन गरिएको छ।
भौतिक पूर्वाधारसँगै उनले एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्याकेज पनि घोषणा गरे। यसमा आधा रकम स्वर्गीय नरेन्द्रबहादुर थापाको सम्मानमा, बाँकी २५–२५ लाख डा. शर्माका हजुरबुवा गुणलाल न्यौपाने र जिजुबुवा गणपति न्यौपानेको नाममा स्थापना हुनेछ। छात्रवृत्ति लिनका लागि विद्यार्थीले कम्तीमा पाँच वर्ष सो विद्यालयमा अध्ययन गरेको र आर्थिक अवस्था कमजोर हुनु पर्ने छ।
शिलान्यास कार्यक्रममा रतुवामाई नगरप्रमुख नागेश्वर सिंह र कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा। शर्माको योगदानलाई ग्रामीण सामुदायिक विद्यालयको विकास र विद्यार्थी भविष्य उज्यालो बनाउन महत्वपूर्ण ठहर गरे।




.gif)





