images

२०८३ आश्विन १७ गते

images
images
images

एमबीबीएस छात्रवृत्ति कार्यक्रमको छनोट परीक्षा शनिबार

एमबीबीएस छात्रवृत्ति कार्यक्रमको छनोट परीक्षा शनिबार

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ र एशियन इन्टरनेशनल युनिभर्सिटीबिचको सहकार्यमा सञ्चालन हुने एमबीबीएस छात्रवृत्ति कार्यक्रमको छनोट परीक्षा भोलि (शनिबार) हुँदैछ । यस कार्यक्रमअन्तर्गत २ जना नेपाली विद्यार्थीलाई ६ वर्षे एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । परीक्षा काठमाडौँको इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोकमा बिहान ११ बजे सुरु हुने छ ।छात्रवृत्तिका लागि छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित प्रश्नपत्रमार्फत सञ्चालन गरिनेछ। परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र मोबाइल र इमेलमार्फत पठाइएको छ। ढिलो प्रवेश तथा विद्युतीय उपकरण प्रयोग निषेध गरिएको छ ।

    images
    images

    गैरआवासीय नेपाली सङ्घले एशियन इन्टरनेशनल युनिभर्सिटीसँग सहकार्य गर्दै पूर्ण छात्रवृत्तिसहितको एमबीबीएस कार्यक्रमअन्तर्गत २ जना नेपाली विद्यार्थीलाई ६ वर्षे एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक जनशक्तिको अभावका कारण धेरै बिरामीहरूले समयमै उपचार नपाई ज्यान गुमाउने जोखिम बढ्दै गएको र विशेष गरी देशभर रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीका कारण प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको  समस्यालाई मध्यनजर गर्दै दुई जना नेपाली विद्यार्थीका लागि ६ वर्षे पूर्ण एमबिबिएस छात्रवृत्ति कार्यक्रम अघि बढाइएको हो । 

    यो कार्यक्रम विशेष गरी जेहेन्दार, आर्थिक रूपमा कमजोर तथा चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको छ ।छात्रवृत्ति प्राप्त गर्ने दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम दुई वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको खाना तथा बसोबाससहित सम्पूर्ण अध्ययन खर्च विश्वविद्यालयले नै व्यहोर्ने छ । यो पहलले नेपालमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा दीर्घकालीन रूपमा स्वास्थ्यकर्मीको अभाव न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend