images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट...

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ ।सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटीएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकलाई वालेटदेखि एटीएम कारोबारको प्रणालीलाई एकापसमा जोड्नका लागि उक्त सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार वालेट प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक रुपमा अधिकतम २५ हजार रुपैयाँ नगद निकाल्न सकिनेछ । 

    images
    images

    नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त सम्झौतापछि बैंकको एटीएम नेटवर्कलाई वालेटका प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए । “नबिल बैंक प्रविधिको अधिकतम उपयोग गरी ग्राहकलाई सहज रुपमा सेवा प्रवाहका लागि प्रतिबद्ध छ, सोहीअनुसार खल्तीसँग सम्झौता भएको हो”, उनले भने ।  “नयाँ सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झट पनि हट्नेछ । नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रुपान्तरणमा नबिल बैंकको प्रतिबद्धता अझ बलियो हुनेछ,” उनले थपे ।खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको यो सहकार्य डिजिटल अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण प्रयास भएको बताए । “यस सम्झौताले बैंकको ठूलो सञ्जालमा एप प्रयोगकर्ताहरुको पहुँच सहज रुपमा स्थापित गर्न सहयोग पुग्नेछ, हामी हाम्रा वित्तीय कारोबारलाई छिटो, सजिलो र अन्तरनिहीत रुपमा सुरक्षित बनाउने योजनाअनुसार सम्झौता भएको हो ।”यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले सहज रुपमा नगदको आवश्यकता पूरा गर्न पाउने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend