images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र...

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा पुन: अनुबन्ध गरेको छ।विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार ललितपुरको पुल्चोकस्थित  ईसेवा मनि ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा एक विशेष कार्यक्रमबीच कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीबीच पुन  ब्रान्ड प्रवर्द्धक  सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

    images
    images

    कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दिपेन्द्र सिंह ऐरीले ईसेवा मनि ट्रान्सफर जस्तो डिजिटल प्रविधिलाई आत्मसात गर्ने संस्थासँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौता अनुसार ऐरीले ईसेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रुपमा कार्य गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट रेमिट्यान्स पठाउनका लागि सचेतना फैलाउन  सक्रिय भुमिका  खेल्नेछन् ।कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका एक प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताउँदै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका दिपेन्द्र जस्तो प्रतिभाशाली र अनुशासित व्यक्तित्वलाई हाम्रो ब्रान्डसँग पुनः जोड्न पाउँदा कम्पनि गौरवान्वित भएको र  उनको संलग्नताले डिजिटल रेमिट्यान्सको प्रवर्द्धनमा थप ऊर्जा थप्ने  कम्पनि विश्वास गरेको कुरा समेत बताए । 

    ईसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र देशभर रहेका आफ्ना भुक्तानी केन्द्रमार्फत उत्कृष्ट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यो संस्था नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो। एफवान सफ्टले २ करोडभन्दा बढी व्यक्तिहरू र १ लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend