images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पश्चिमी वायुको प्रभाव कायमै, पहाड–हिमालमा वर्षा...

पश्चिमी वायुको प्रभाव कायमै, पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

images
images
अर्थ समाचार
शुक्रवार, पौष १८ २०८२
अर्थ समाचार
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images

    Manoj Bhattarai.jpg

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका धेरै स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ।

    images
    images

    Manoj Bhattarai.jpg

    आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना पनि रहेको छ।

    उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend