images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • वाई-फाई नेपालको नयाँ वर्ष अफर,इन्टरनेट जोड्दा...

वाई-फाई नेपालको नयाँ वर्ष अफर,इन्टरनेट जोड्दा केपीआई हेल्मेट निःशुल्क

वाई-फाई नेपालको नयाँ वर्ष अफर,इन्टरनेट जोड्दा केपीआई हेल्मेट निःशुल्क

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • काठमाडौं।  इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले नयाँ वर्षको अवसरमा 'नयाँ वर्ष कम्बो अफर' सार्वजनिक गरेको छ।कम्पनीले १५० एमबिपिएस गतिको इन्टरनेट प्याकेजसँगै सुरक्षित सडक यात्रालाई प्रोत्साहन गर्न निःशुल्क हेल्मेट दिने योजना ल्याएको हो।

    images
    images

    यस योजनाअन्तर्गत ग्राहकले वार्षिक रु.१० हजार ६८० (भ्याट सहित) मा १५० एमबिपिएस गतिको इन्टरनेट जडान गर्न सक्नेछन्। यो रकमको भुक्तानी 'खल्ती' एपमार्फत गर्दा ग्राहकले निःशुल्क 'केपीआई हेल्मेट' प्राप्त गर्नेछन्।कम्पनीका अनुसार यो प्याकेजमा जडान तथा सेटअप शुल्क लाग्ने छैन भने उच्च गतिको नोकिया ५ गिगाहर्ज (5GHz) राउटर पनि निःशुल्क उपलब्ध गराइनेछ।

    यदि ग्राहकले हेल्मेट लिन नचाहेको खण्डमा ३ महिनाको बोनस इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने विकल्प समेत राखिएको छ।स्वदेशी उत्पादन केपीआई हेल्मेट्ससँगको सहकार्यमा ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र सञ्चालन हुने वाई-फाई नेपालले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend