images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • ४२ जिल्लामा दसैंतिहार लक्षित सुपथ मूल्य...

४२ जिल्लामा दसैंतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, कहाँ कहाँ तोकियो बिक्री केन्द्र ?

४२ जिल्लामा दसैंतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, कहाँ कहाँ तोकियो बिक्री केन्द्र ?

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैंतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिउँसो १ बजे थापाथली बिक्री केन्द्रबाट सुपथ मूल्य पसल औपचारिक रुपमा उद्घाटन गरेका हुन् । 

    images
    images

    थापाथली बिक्री केन्द्रबाट उद्घाटन हुने सुपथ मूल्य पसल क्रमशः देशभरका ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने सरकारले जनाएको छ । 

    ​दसैंतिहार तथा छठको समयमा दैनिक उपभोग्य वस्तुको माग आपूर्ति र गुणस्तरियताका साथै मूल्यमा सहुँलियत दिन कम्पनीले सुपथ मूल्य पसल सञ्चालन भएको हो । 

    images
    images

    चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सन्दभर्मा गत भदौ २३ गते बसेको मन्त्रिपरिषद् स्तरिय बैठकले काठमाडौँका चार स्थानसहित देशैभरीबाट ६३ स्थानामा बिक्री केन्द्र स्थापना गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि सरकारले ३ करोड रुपैयाँ सहुलियत छुट बजेट समेत विनियोजन गरेको छ । 

    सुपथ मूल्य पसल सञ्चालन गरिने स्थानहरु

    काठमाडौं उपत्यका  ४ स्थानहरु : थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक 
    उपत्यका बाहिर : ५९ स्थानहरुमा

    – लक्षित खाद्यान्न विक्री परिमाणः ५०,००० क्वीन्टल    

    विक्री गरिने खाद्य वस्तुहरु र छुटको विवरणः 

    – विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी ५ रुपैयाँ छुट
    – विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी – प्रति केजी/लिटर ७ रुपैयाँ छुट
    – कर्णालीको सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सी – प्रति केजी ७ रुपैयाँ छुट

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend