images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति...

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ ।  भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ ।भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौबिसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो । नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।

    images
    images

    १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत् आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ  (१ अप्रिल–३१ अगस्ट २०२६) सम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए । उनले आरटिसी मोडमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend