images

२०८३ आश्विन १९ गते

images
images
images

एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद

images
images
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • विराटनगर । बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी गरिरहेको अवस्थामा मोरङ प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद गरेको छ। आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो।

    images
    images

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट खटिएको संयुक्त टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्न खोजेको थियो। प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्स छाडेर तस्करहरू भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। सो क्रममा धनकुटा शहिदभुमी–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बु पक्राउ परेका छन्।

    एम्बुलेन्सभित्र खानतलासी गर्दा १६ वटा पोकामा लुकाएर राखिएको ५ सय २१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। बिरामी बोक्ने बहानामा सुरक्षा निकायको आँखा छल्न एम्बुलेन्स प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेका व्यक्तिहरू र बरामद गाँजाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend