काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत भदौ महिनामा भएको आगजनी तथा तोडफोडका क्रममा नष्ट भएका अदालती मिसिलहरू (मुद्दाका कागजात) पुनः प्राप्तिका लागि सरोकारवालाहरूलाई कागजात पेस गर्ने म्याद थप गरेको छ।
अदालतले आइतबार एक सूचना जारी गर्दै २०८२ भदौ २३ र २४ गते भएको घटनामा क्षति पुगेका चालु मिसिलहरू तयार पार्न थप ३० दिनको समय सीमा निर्धारण गरेको हो । सर्वोच्च अदालतबाट स्वीकृत 'विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२' बमोजिम यो प्रक्रिया अघि बढाइएको अदालतले जनाएको छ।यसअघि २०८२ कात्तिक २६ गतेदेखि ३० दिनभित्र उपस्थित हुन सूचना जारी गरिएकोमा धेरै सरोकारवालाहरू समेटिन बाँकी रहेको भन्दै अदालतले २०८२ मंसिर २६ गतेदेखि लागू हुने गरी पुनः ३० दिनको अवधि थप गरेको छ।




.gif)



