images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • अब पुराना किसिमका जिमेल एड्रेस परिवर्तन...

अब पुराना किसिमका जिमेल एड्रेस परिवर्तन गर्न मिल्ने

अब पुराना किसिमका जिमेल एड्रेस परिवर्तन गर्न मिल्ने

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौँ । अब जिमेल प्रयोगकर्ताले आफ्नो पुरानो ईमेल एड्रेस परिवर्तन गर्न पाउने भएका छन् । गुगलले ल्याउन लागेको नयाँ अपडेट पश्चात सिधै जिमेल एड्रेस परिवर्तन गर्न सकिने छ । यो नयाँ सुविधा अहिले क्रमिक रूपमा रोलआउट (सार्वजनिक) भइरहेको छ । हालका लागि गुगलको हिन्दी भाषाको सपोर्ट पेजमा यसको विस्तृत विवरण देखिएको छ । जसअनुसार जब तपाईँले आफ्नो नयाँ जिमेल एड्रेस छान्नुहुन्छ, तपाईँको पुरानो ईमेल एड्रेस एउटा 'एलियास' को रूपमा रहनेछ । यसरी परिवर्तन गर्दा तपाईँको अकाउन्टमा रहेका फोटो, मेसेज र पुराना इमेल जस्ता कुनै पनि डेटामा असर पर्ने छैन । प्रयोगकर्ताले आफ्नो पुरानो वा नयाँ दुवै ईमेल एड्रेस प्रयोग गरेर म्याप, युट्युब र ड्राइभ जस्ता गुगलका सेवामा साइन-इन गर्न सक्नेछन् । 

    images
    images

    दुवै एड्रेसमा पठाइएका ईमेलहरू एउटै इनबक्समा प्राप्त गर्न सकिनेछ । जसले गर्दा महत्त्वपूर्ण मेसेज छुट्ने डर पनि हुँदैन । गुगलले यो सुविधा प्रयोग गर्नका लागि केही सीमा पनि तय गरेको छ । जसअनुसार प्रयोगकर्ताले १२ महिनामा एक पटक मात्र ईमेल परिवर्तन गर्न पाउनेछन् । त्यस्तै एउटा अकाउन्टमा जम्मा ३ पटकसम्म मात्र ईमेल एड्रेस परिवर्तन गर्न सकिनेछ । जसको अर्थ एक व्यक्तिसँग कूल ४ वटा एड्रेसको विकल्प हुन सक्छ । नयाँ ईमेल एड्रेस बनाएको १२ महिनासम्म त्यसलाई डिलिट गर्न पाइने छैन । तपाईँको पुरानो ईमेल एड्रेस अरू कसैले प्रयोग गर्न पाउने छैनन् र यो सधैँ तपाईँकै स्वामित्वमा रहनेछ । 

    किन जरुरी छ यो सुविधा ?

    images
    images

    धेरै प्रयोगकर्ताहरूले बाल्यकालमा वा रहरमा राखेका अजीव वा लाज लाग्ने किसिमका युजरनेमका कारण पछि व्यावसायिक जीवनमा समस्या पनि भोग्नुपरिरहेको हुन्छ । अहिलेसम्म यस्तो अवस्थामा नयाँ अकाउन्ट खोलेर सबै डेटा सार्नुपर्ने झन्झट थियो । तर अब भने प्रयोगकर्ताले आफ्नो डिजिटल पहिचानलाई सजिलै परिमार्जन गर्न सक्नेछन् । यो सुविधा पूर्ण रूपमा सबैका लागि कहिलेसम्म उपलब्ध हुन्छ भन्ने निश्चित नभए पनि सन् २०२६ सम्ममा यो व्यापक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend