images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • पर्सामा घट्यो बीमाप्रतिको आकर्षण, बीमासम्बन्धी जनचेतनाको...

पर्सामा घट्यो बीमाप्रतिको आकर्षण, बीमासम्बन्धी जनचेतनाको कमी

पर्सामा घट्यो बीमाप्रतिको आकर्षण, बीमासम्बन्धी जनचेतनाको कमी

images
images
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • वीरगञ्ज (पर्सा) । आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो ।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशत मात्रै छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रुपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए ।

    ‘‘जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा तर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५ रहेको छ’’, उनले भने, ‘‘जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख तीन हजार चार सय ७७ छ ।’’ प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या छ हजार आठ सय २० रहेको थियो । सो अवधिमा दाबी भुक्तानी रकम रु ८७ करोड ८८ लाख रहेको छ ।

    images
    images

    जिल्लामा आव २०८०/८१ सम्म जारी निर्जीवन बीमा लेख सङ्ख्या ८४ हजार सात सय २३ रहेको छ । सो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क सङ्कलन एक अर्ब १३ करोड १६ लाख रहेको छ ।

    त्यस्तै निर्जीवन बीमा शुल्क सङ्कलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ । जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ । सो अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम रु ६४ करोड ८२ लाख रहेको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend