images

२०८३ आश्विन १७ गते

images
images
images

सरस्वती क्याम्पसमा प्रत्येक शुक्रबार एआईको पढाई

सरस्वती क्याम्पसमा प्रत्येक शुक्रबार एआईको पढाई

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौँ । सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) पढाई हुन थालेको छ ।विएसडब्लु अन्तर्गत पत्रकारिता तथा आमसञ्चार अध्ययन गरिरहेका स्नातक प्रथम वर्षका विद्यार्थीहरूलाई एआई पढाउन थालिएको हो ।क्याम्पसमा अध्यापनरत एआईका अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले पाठ्यक्रममा नभएपनि हरेक शुक्रबार विद्यार्थीहरूलाई एआईका बारेमा अध्ययन गराउन थालेको जानकारी दिए ।

    images
    images

    मिडियामा एआईको प्रयोगका सम्बन्धमा दुई दर्जनभन्दा बढी जिल्लाका सयौँ पत्रकारहरूलाई प्रशिक्षण दिइसेका भण्डारीले विद्यार्थीहरूलाई एआईको इतिहास, परिभाषा, वहुआयामिकता, मिडियामा यसको प्रयोग, प्रभाव र सम्भावनाका बारेमा जानकारी दिने गरेको बताएका छन् ।अनुसार एआईको क्लास हुनेदिन विद्यार्थीहरूमा फरक खालको उत्साह र उत्सुकता देखिने गरेको छ । ‘कक्षामा आफूले मात्रै सिकाउने भन्दा पनि एआईका बारेमा सबैले जानेका कुरा एक अर्कालाई सिकाउने वा एआईका विभिन्न प्रयोगहरूलाई देखाएर छलफल चलाउने गरिएको छ’, भण्डारीको भनाइ छ । कक्षमा सहभागी दिपा परियारले नयाँ कुरा सिक्न पाएकोमा खुसी लागेको बताइन् । ‘एआईको बारेमा पढ्ने र सिक्ने चाहना हुँदाहुदै पनि गन्तव्य नभेटेका बेला क्याम्पसमा पढ्ने व्यवस्था मिल्दा खुशी छौँ’, परियारको भनाइ छ ।

    अर्का विद्यार्थी निश्चल तामाङले एआई पढेपछि आफैले गीत बनाउन सिकेको बताए । ‘सरले क्लासमा सुनो एआईबाट गीत बनाउन सकिन्छ भन्दै आफूले बनाएका गीतहरू सुनाउनुभयो । मैले पनि तत्कालै सुनो एआई खोलेर प्रयास गरेको गीत बनिहाल्यो, अनि क्लासमै सुनाइदिएँ, हामी सबै दङ्ग भयौँ’ हर्ष मिश्रित स्वरमा तामाङले भने । त्यस्तै पत्रकारिताकी विद्यार्थी स्वस्तिका डङ्गोलले अन्य दिन आउन नभ्याउनेहरू विद्यार्थीहरू पनि एआईको क्लास हुने दिन आउन थालेको बताइन् ।क्याम्पस प्रमुख डा ठाकुर प्रसाद वाग्लेले पाठ्यक्रममा नभएपनि विद्यार्थीको चाहना अनुसार  समयको आवश्यकता बनेको एआईका बारेमा अध्यापन हुनु आफैमा प्रशंसनीय रहेको बताए ।विएसडब्लुका संयोजक गिरिन्द्र शाहले पाठ्यक्रममा मात्रै सिमित नभई अहिलेको आवश्यकता, व्यवहारिकता र उपयोगिताका आधारमा नयाँ नयाँ विषयवस्तु समावेश गर्नु पर्ने खाँचो औँल्याए ।

    images
    images

    त्रिवि पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल पनि तत्काल सबै तहमा एआईको बारेमा अध्ययन अध्यापन गराउनु पर्नेमा जोड दिन्छन् । ‘यो अभ्यास अन्य क्याम्पसहरूमा अहिले नियमित रूपमा भएजस्तो लागेको छैन, सबैले गर्नु राम्रो हुन्छ’, अर्यालको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend