images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन...

निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन र सहयोग गर्ने नेकपाको प्रतिबद्धता

निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन र सहयोग गर्ने नेकपाको प्रतिबद्धता

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको अनुगमन र छलफलका लागि पुगेको सरकारी वार्ता समितिसँगको भेटमा नेकपाका नेताहरूले निर्वाचनको पक्षमा उभिने निर्णय सुनाएका हुन्। नेकपाका नेता वर्षमान पुनका अनुसार पार्टीले फागुन २१ को निर्वाचनलाई सफल पार्न सरकारलाई हरदम सहयोग गर्नेछ। छलफलका क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले निर्वाचन अहिलेको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै कुनै पनि बहानामा मिति नसार्न सरकारलाई आग्रह गरे। 

    images
    images

    उनले जनताको तहमा रहेका साना–ठुला राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्न सरकारलाई सुझाव दिए। अन्य केही दलहरूले उठाइरहेका शान्ति–सुरक्षा सम्बन्धी चासो र गुनासाहरूलाई तत्काल सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।सरकारका तर्फबाट सहभागी मन्त्रीहरूले विगतका राजनीतिक सङ्कटमा दलहरूलाई एक ठाउँमा ल्याउन प्रचण्डले खेलेको भूमिकाको प्रशंसा गर्दै यस पटक पनि चुनावी माहौल बनाउन र असन्तुष्ट पक्षलाई संवादमा ल्याउन पहल गरिदिन आग्रह गरेका थिए। 

    जवाफमा नेता पुनले आफ्नो पार्टीले सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको र निर्वाचनलाई लोकतान्त्रिक महायज्ञको रूपमा सफल पार्न नेकपा प्रतिबद्ध रहेको बताए। निर्वाचनको वातावरण बनाउन सरकारले देखाएको तत्परतालाई नेकपाले सकारात्मक रूपमा लिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend