images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • दशैं-तिहारको अवसरमा ‘इसेवा महा-उत्सव: इसेवाको कारोबारमा...

दशैं-तिहारको अवसरमा ‘इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक

दशैं-तिहारको अवसरमा ‘इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक इसेवाले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ । यो अफर असोज १ देखि कात्तिक ३० सम्म लागू हुनेछ, जसअन्तर्गत इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली विजेताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् ।

    images
    images

    कार जित्न योग्य हुन प्रयोगकर्ताहरूले इसेवाका जुनसुकै सेवाको प्रयोग गर्नुपर्नेछ । साथै, रू. १०० को खेल खेल्दा प्रत्येक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन् । यो खेलमा खेलिएको रकम प्रयोगकर्ताले मोबाइल रिचार्जको रूपमा फिर्ता पाउनेछन् ।

    दैनिक र साप्ताहिक अफरहरू समेत यस महा-उत्सवमा सामेल छन् । दैनिक अफरमा हरेक दिन फ्ल्यास सेलमार्फत विशेष छुट तथा क्यासब्याकको अवसर पाउन सकिन्छ । त्यस्तै, साप्ताहिक अफरमा मङ्गलबार इसेवाका विभिन्न सेवाहरूमा विशेष छुट र क्यासब्याक उपलब्ध हुनेछ ।

    images
    images

    इसेवाको फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरूबाट थप जानकारी प्राप्त गर्न सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend