images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५...

एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ सम्पन्न

एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ सम्पन्न

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • काठमाडौँ । एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ ललितपुरस्थित द प्लाजामा भव्य, मर्यादित तथा सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ । समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको हो ।दीक्षान्त समारोहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन–बैंकिङ तथा बीमा (बीबीए–बीआई), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन–यात्रा तथा पर्यटन व्यवस्थापन (बीबीए–ट्राभल एण्ड टुरिज्म), ब्याचलर अफ कम्प्युटर इन्फोर्मेशन सिस्टम (बीसीआईएस) तथा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमका स्नातक विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    images
    images

    शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एपेक्स कलेजले प्रदान गर्दै आएको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको छ । यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति एपेक्स कलेजअन्तर्गत बीबीए (बैंकिङ तथा बीमा) कार्यक्रमकी उत्कृष्ट विद्यार्थी सुश्री स्वेता शाहलाई प्रदान गरिएको हो। उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा छनोट भएकी शाहले अब एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिनेछिन् ।

    त्यसैगरी समारोहमा विभिन्न कार्यक्रमतर्फका टपर विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। बीबीए कार्यक्रमकी टपर इशा कुमारी दास, बीबीए (यात्रा तथा पर्यटन व्यवस्थापन) कार्यक्रमकी टपर मिचेन तामाङ, बीबीए (बैंकिङ तथा बीमा) कार्यक्रमका टपर सुमित मानन्धर तथा बीसीआईएस कार्यक्रमकी टपर श्रुति अग्रवाललाई शैक्षिक उत्कृष्टताको कदरस्वरूप सम्मानित गरिएको हो ।छात्रवृत्तिसँगै सम्बन्धित विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुपअन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यअनुभव प्राप्त गर्ने अवसरसमेत पाउनेछन्। यसले शैक्षिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै उनीहरूको व्यावसायिक क्षमता र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    images
    images

    समारोहको अन्त्यमा एपेक्स कलेजले दीक्षित सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा निरन्तर सफलता, जिम्मेवारीपूर्ण नेतृत्व तथा राष्ट्र निर्माणमा सकारात्मक योगदानको कामना व्यक्त गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend