images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको...

के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ?

के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ?

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले नेपालमा कन्टेन्ट मोनिटाइजेसन बन्द गरेको खबर चर्चामा छ । फेसबुक पेज तथा क्रियटरहरूको ड्यासबोर्डमा 'Your ability to earn is limited' र 'Local legal requirement or government request' जस्ता सूचना देखिन थालेपछि यस्तो खबर फैलिएको हो ।केही सञ्चारमाध्यमहरुमा समेत 'मोनिटाइजेसन बन्द' भन्ने समाचारहरू प्रकाशित भएपछि प्रयोगकर्ताहरूमाझ मोनिटाइजेसन बन्द भएको खबर फैलिएको हो । तर वास्तविकता भने फरकछ । फेसबुकको माउ कम्पनी मेटाका अमेरिकास्थित प्रतिनिधिका अनुसार फेसबुकले तोकेकानियम परिवर्तन भएको कारणले मोनिटाइजेसनमा समस्या देखिएको हो ।

    images
    images

     समस्या ?

    फेसबुकले नेपालमा मोनिटाइजेसन सुविधा सुरुगर्दा तुलनात्मक रूपमा सहज मापदण्ड तोकेको थियो । पहिलो अपडेटका क्रममा क्रिएटरले२८ दिनभित्र ५ लाख इन्गेजमेन्ट पुर्‍याउनुपर्ने र २ हजारभन्दा बढी फलोअर भएपछिमोनिटाइज गर्न पाउने प्रावधान थियो । यो मापदण्ड सहज भएकाले नेपालमा धेरैक्रिएटरहरू मोनिटाइजेसनका लागि योग्य भएका थिए ।तर, करिब पाँचदिनअघि मेटाले आफ्नो नियम अपडेट गर्‍यो । नयाँ नियमअनुसार, मोनिटाइजहुनका लागि क्रिएटरहरूले ९० दिनभित्र कम्तीमा तीनवटा रिल अपलोड गर्नुपर्ने,प्रयोगकर्ताको १० हजार फलोअर्स हुनुपर्ने र २८ दिनभित्र १ लाख ५०हजार भ्युज हुनुपर्ने मापदण्ड तोकेको छ ।

    images
    images

    नेपालमा मोनिटाइजेसन सुविधा खोल्दा 'स्टार्स', ‘बोनस’ र ‘एड्स’ जस्ता फिचरहरू उपलब्ध गराइएका थिए । यद्यपि,नेपाली प्रयोगकर्ताले स्टार्स पठाउने प्रचलन नभएकाले धेरैजसोआम्दानी 'कन्टेन्ट मोनिटाइजेसन' बाटमात्र हुने गरेको थियो । हालै भएको अपडेटपछि फेसबुकले लाइभ एड्स (लाइभ स्ट्रिमगर्दा आउने विज्ञापनहरू) हटाइएका छन् । त्यसैगरी, रिलमा आउनेविज्ञापनहरू (रिलको तल वा अन्त्यमा आउने विज्ञापनहरू) पनि हटाइएको हो ।जुन-जुन पेजहरू पहिले नै मोनिटाइज भइसकेका थिएर इनेबल थिए, उनीहरूले फेसबुकबाट 'कन्टेन्ट मोनिटाइजेसन इज लिमिटेड' भन्ने सन्देशप्राप्त गरेका थिए । यो सन्देश आउनुको मुख्य कारण आम्दानीका स्रोतहरूमा कटौती हुनुहो । उदाहरणका लागि, यदि क्रिएटरले पहिले १० वटा माध्यमबाटआम्दानी गर्न पाउँथे भने, अहिले त्यो सङ्ख्या दुईवटामा सीमितहुन पुगेको हो ।यसर्थ, मोनिटाइजेसनपूर्ण रूपमा बन्द नभई आम्दानी गर्ने माध्यमहरूमा सङ्कुचन आएकाले यसलाई 'सीमित' भनिएको हो । यद्यपि, फेसबुकलेहटाएको भनिएका केही फिचरबाट समेत अहिले पनि कमाइ भइरहेको हुनसक्ने भएकाले फेसबुककोआधिकारिक भनाइ र क्रिएटरहरूको वास्तविक कमाइको अवस्था ठ्याक्कै मेल खाँदैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend