आईसीसी टी–२० वर्ल्डकपको उमंगमा अझ थप उमंग ल्याउन सीजीले खेलप्रेमीहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले 'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा' नामको नयाँ योजना ल्याएको हो ।'लेभल अप विथ सीजी' मूल नाराका साथ ल्याएको उक्त योजनाअनुसार ग्राहकहरूले सीजी ब्रान्डका सामानहरूको खरिदमा हातखाली नजाने पक्का उपहारहरू (स्योर सट गिफ्ट्स) र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन् ।कम्पनीका अनुसार, बम्पर उपहारमा विजेताले आईसीसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन् । यो योजनामा सहभागी हुन CG [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ र लक्की ड्रमार्फत विजेताहरू छनोट गरिनेछ ।
विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने 'नेपालको खेलको टिकट समावेश गरिएको छ ।'त्यस्तै, बम्पर उपहारबाहेक सीजी ब्रान्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हात खाली नजाने गरी विभिन्न उपहारहरू समावेश गरेको जनाएको छ ।
केके छन् स्योर सट उपहारहरू ?
– माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट ।
– सीजी तथा सीजी मेरिडियाको ४३ इन्चभन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टीभी सब्सक्रिब्सन ।
– सीजी ब्रान्डको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ३ केजी एरियल पाउडर ।
– सीजी ब्रान्डको टप लोड वासिङ मेसिनको खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक कित्ली ।
यो योजना २९ मंसिरदेखि नेपाल अधिराज्यभर सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।




.gif)





