images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • वित्तीय सचेतना अभिवृद्धि गर्न विद्यालयमा शैक्षिक...

वित्तीय सचेतना अभिवृद्धि गर्न विद्यालयमा शैक्षिक हाट बजार

वित्तीय सचेतना अभिवृद्धि गर्न विद्यालयमा शैक्षिक हाट बजार

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • गौशाला (महोत्तरी), पुस २ गते । धनुषाको बटेश्वरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक हाटबजारको आयोजना गरिएको छ । सामाजिक संस्था सोसल ल्यावको आयोजना र एभरेष्ट बैंकको आर्थिक सहयोगमा बालबालिकाका लागि वित्तीय प्रोत्साहन मोडलको रुपमा विद्यालयमा मङ्गलवार शैक्षिक हाटबजारको आयोजना गरिएको हो ।विद्यालयमा विद्यार्थीहरुको नियमित उपस्थिति, सरसफाई, गृहकार्यलगायत अनुशासनमा बसेको आधारमा कक्षा शिक्षकले दैनिक अधिकतम ३ प्वाइन्ट दिने गरेको छ । एक प्वाइन्ट बराबर ५ रुपियाको टोकन मनि सोसल ल्याबले विद्यार्थीलाई उपलब्ध गराएको छ । महिनाको अन्तिममा विद्यालयमा शैक्षिक हाट बजार लागेको दिन विद्यार्थीहरुले महिनाभरिमा पाएको सम्पूर्ण प्वाइन्ट बराबरको पाउने रकमकोे टोकन मनिले विद्यार्थीले आफनो इच्छा अनुसारको शैक्षिक र खेलकुद सामग्री खरिद गरेको विद्यालयका शिक्षक दिपेन्द्र सिंहले बताउनुभयो ।

    images
    images

    विद्यालयमा अध्ययनरत कक्षा ३ देखि कक्षा ८ सम्मका करिव दुई सय ३० विद्यार्थीले शैक्षिक हाटबजारबाट प्रत्यक्ष लाभ लिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा बाल्यकालदेखि नै वित्तीय सचेतना अभिवृद्धि गर्न तथा स्वस्थ्य आर्थिक बानीहरुको विकास गर्न हामीले बालबालिकाका लागि वित्तीय प्रोत्साहन मोडल कार्यक्रमको आयोजना गरेको सोसल ल्याबका कार्यकारी निर्देशक अजित भट्टले बताउनुभयो ।विद्यालयमा लागू गरिएको यस परियोजनाको मोडेलले बालबालिकालाई पैसाको मूल्यप्रति सचेत बनाउनुका साथै पुरस्कार प्रणाली मार्फत सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्ने र नियमित विद्यालय आउने, पठन संस्कृतिको विकासमा योगदान पुर्याउने मुख्य उद्देश्य रहेको सोसल ल्याव संस्थाका वरिष्ठ कार्यक्रम संयोजक नामगेल घलेले बताउनुभयो । शैक्षिक हाटबजार अवलोकन गरेका एभरेष्ट बैंकका कर्मचारी सरोज चौलागाईले बैंकको सहकार्यमा आयोजना गरिएको शैक्षिक हाटबजार प्रत्यक्ष रुपमा हेर्दा आफुलाई धेरै नै खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरुले बैंकले प्रदान गरेको टोकन मनि लिएर आफुले पाएको पैसाले आफनो इच्छा अनुसारको समान किन्ने र बाँकी रकम बैंकमा मौज्दातको रुपमा जम्मा गरेकोले बालबालिकालाई बचतको अभ्यास समेत सिकाएको छ ।”  

    विद्यालयमा आयोजित शैक्षिक हाट बजारमा विद्यार्थीहरु उत्साह र उमंग देख्दा आफु पनि निकै उत्साही बनेको र विद्यार्थीहरु खर्च र बचत लगायत समान किन्ने, रकम लेनदेन गर्ने अभ्यास लगायतको अवधारणाको विकास गर्ने एभरेष्ट बैंक धनुषाधामका कर्मचारी आदित्य झाले बताउनुभयो ।बटेश्वर युवा संजालका संयोजक सरोजक कुमार महतोले विद्यालयमा यस प्रकारको शैक्षिक हाटबजारले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरुमा स्थानीय सरकारले अपनत्व ग्रहण गर्नुको साथै लगानी गर्न जरुरी रहेको बताउनुभयो ।मधेश प्रदेशमा पहिलो पटक बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको एक एक विद्यालयमा यो परियोजना लागू गरिएको छ ।

    images
    images

    सोसल ल्याव संस्थाले यस अघि बागमति प्रदेशको ८ वटा विद्यालयमा योे परियोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ । विद्यालयमा यो परियोजना लागू भएपछि विद्यार्थीहरुको उपस्थिति दर, गृहकार्य, अनुशासन, सरसफाईलगायत विद्यार्थीहरुको बानी व्यवहारमा परिवर्तनको आभास छाएको विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend