images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • प्राइम अटो ट्रेडर्सबाट वीरगञ्जमा पन्च ईभीको...

प्राइम अटो ट्रेडर्सबाट वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु

प्राइम अटो ट्रेडर्सबाट वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुम उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु भएको छ ।उद्घाटन कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको छ ।

    images
    images

    कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरे ।

    पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगञ्जको लन्चको मौका पारेर नयाँ शोरुमको पनि उद्घाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुवोध सापकोटाले जानकारी दिए । सोही कार्यक्रममा पन्च ईभी बुक गरेका ग्राहकलाई डेलिभरी दिन पाउँदा खुसी लागेको उनले बताए ।

    images
    images

    कम्पनीले टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

    पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरू भ्वाइस एसिस्टेड सनरुफका साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्लेको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

    पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend