images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायहरूको...

टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने

टेलिनेट प्रालि र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडाैं। नेपालको प्रविधि र सञ्चार क्षेत्रका अग्रणीमध्ये एक, रमेश कर्प समूह अन्तर्गत पर्ने टेलिनेट प्रालिले विश्वकै अग्रणी कस्टमर रिलेशनसिप म्यानेजमेन्ट (सिआरएम) सेल्सफोर्ससंगको सहकार्यमार्फत नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तिव्र बनाउने भएको छ ।यस साझेदारीले नेपाली व्यवसाय संचालनको तरिकालाई आधुनिक बनाउँदै, विश्वस्तरीय डिजिटल समाधान तथा विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउने छ । अब नेपालका व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म तथा स्थानीय सपोर्ट सुविधासहित आफ्नो कामलाई अझ प्रभावकारी बनाउन सक्नेछन् ।

    images
    images

    टेलिनेट प्रालि स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ ,यस साझेदारीको माध्यमबाट नेपालका कम्पनीहरूले सेल्सफोर्सका सबै प्रमुख टुलहरू सजिलै अपनाउन सक्नेछन्। टेलिनेट प्रालिले नेपालमै सेल्सफोर्सको सपोर्ट र इम्प्लिमेन्टेशन पार्टनरको रूपमा काम गर्नेछ, जसले व्यवसायहरूलाई एजेन्टफोर्स सेल्स, स्ल्याक, र टेबल्यु जस्ता सेवाहरू उपयोग गर्न थप सजिलो बनाउनेछ ।

    सेल्सफोर्स समाधानले प्रदान गर्ने एकीकृत डिजिटल फाइदाहरूः

    images
    images

    ● स्मार्ट वृद्धि (Smarter Growth): एजेन्टफोर्स सेल्सले बिक्री टिमको काम सजिलो बनाउँछ । टिमले सबै ग्राहक जानकारी र अवसरहरू एकै ठाउँमा हेर्न सक्छन, जसले छिटो निर्णय लिन मद्दत गर्छ। दोहोरिने काम कम हुन्छ, ग्राहकलाई छिटो जवाफ दिन सकिन्छ, र एआईले सही सुझाव दिएर व्यवसायलाई छिटो बढ्न मद्दत गर्छ ।

    ● उन्नत सहकार्य (Enhanced Collaboration): स्ल्याक विखण्डित टिमहरूलाई वास्तविक–समयमा जोडेर सहकार्य बढाउने, कार्यप्रवाह स्वचालित गर्ने र संगठन भित्रका अवरोध हटाउने काम गर्छ । स्ल्याकले टिमका सबै सदस्यलाई तुरुन्तै जोड्छ। चाहे कोही अफिसमा होस् वा बाहिर, सबैले सन्देश, फाइल र मिटिङ एउटै ठाउँमा व्यवस्थापन गर्न सक्छन्। यसले विभागबीचको दूरी हटाउँछ, काम सजिलो बनाउँछ, र सबैलाई एउटै जानकारीमा एकसाथ काम गर्न सहयोग गर्छ।

    ● डेटा–आधारित अंतर्दृष्टि (Data-Driven Insights) : Tableau ले जटिल डाटा पनि धेरै सजिलो हिसाबले —चार्ट, ग्राफ र ड्यासबोर्डको रूपमा देखाउँछ। यसले व्यवसायलाई कहाँ राम्रो भइरहेको छ, कहाँ सुधार गर्नुपर्छ, र ग्राहकका ट्रेन्ड कस्ता छन् भन्ने तुरुन्तै बुझ्न मद्दत गर्छ। यसरी कम्पनीहरूले अनुमान होइन, स्पष्ट डाटाको आधारमा निर्णय लिन सक्छन।

    सेल्सफोर्सका प्रवक्ता प्रवर गौतम भने, “टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न पाउँदा हामी उत्साहित छौँ । एजेण्टिक ब्क्ष् क्रान्तिका बीच नेपाली व्यवसायहरूले डिजिटल रूपान्तरणलाई गति दिइरहेका छन्, र हामी यस रुपान्तरणलाई उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धि हासिल गर्न मद्दत गर्न प्रतिवद्ध छौँ।”टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूद भने, “वर्षौँदेखि विश्वस्तरीय डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग नेपाली व्यवसायका लागि चुनौती थियो । अब यो चुनौती अन्त्य हुँदैछ । टेलिनेट अब नेपालमा सेल्सफोर्सको अग्रमोर्चा हो।विशेषज्ञ स्थानीय परामर्श, समर्पित प्रशिक्षण, र पूर्ण रूपमा अनुकूलित समाधान उपलब्ध गराउँदै एआई–आधारित विश्लेषणदेखि सहज सहकार्यसम्म, हामी नेपाली व्यवसायहरूको चुनौती समाधान र ठूलो मात्रामा वृद्धिका लागि आवश्यक सम्पूर्ण क्षमता प्रदान गर्दैछौँ ।”

    सेल्सफोर्स र टेलिनेटले प्रारम्भिक चरणमा प्रमुख आर्थिक क्षेत्रमा लक्षित परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्दै द्रुत, प्रभावकारी अपनत्व र मापनयोग्य व्यवसायिक परिणाम सुनिश्चित गर्नेछन् ।रमेश कर्पअन्तर्गतको टेलिनेट प्रा.लि. सन् २००९ देखि नेपाली व्यवसायहरूको प्रवृद्धि र नवप्रवर्तनलाई सशक्त बनाउँदै आएको अग्रणी प्रविधि तथा सञ्चार सेवा प्रदायक हो ।१६ वर्षको अनुभवी यात्रा सहित, टेलिनेटले च्याटबोट तथा कल–सेंटर अटोमेशन, तथा टेलिकम अपरेटरहरूका लागि M–health, Gaming, OTT Engagement, जस्ता भ्यालु–एडेड सेवामार्फत व्यवसायहरूलाई सक्षम बनाउँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend