images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • डा.रुद्र शर्मा डिल्लीबजार कन्या क्याम्पस सञ्चालक...

डा.रुद्र शर्मा डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिको अध्यक्षमा चयन

डा.रुद्र शर्मा डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिको अध्यक्षमा चयन

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौँ । नारी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा डा.रुद्र शर्मा चयन भएका छन् । क्याम्पसको आज सम्पन्न साधारणसभाले डा शर्माको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।समितिको सदस्यहरुमा पूर्वमन्त्री विक्रमबहादुर थापा, पूर्वसांसद विशाल भट्टराई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा आनन्द पन्थ, समाजसेवी शोभित उप्रेती, देवी लामा, भरत ढकाल, लोकेन्द्र शाहीलगायतलाई चयन गरिएको छ ।

    images
    images

    विसं २०३७ देखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित डिल्लीबजार क्याम्पसले ४५ वर्ष पूरा गरेको छ । साधारणसभाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको बताए । क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।पूर्वमन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी सङ्ख्या बढाउन क्याम्पसलाई थप सुदृढ र सक्षम बनाउन आवश्यक सुधार गर्दै लैजानुपर्ने बताए । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७०० छात्राहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिए‍ ।सञ्चालक समितिका अध्यक्ष डा.शर्माले समयानुकूलका विषय थप्दै क्याम्पसलाई गुणस्तरिय शैक्षिक केन्द्र बनाउनुपर्ने तथा त्यसको लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend