images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • खल्तीको प्रमुख प्रविधि अधिकृतबाट बाहिरिए ध्रुव...

खल्तीको प्रमुख प्रविधि अधिकृतबाट बाहिरिए ध्रुव अधिकारी , सुबितराज पोखरेल नियुक्त

खल्तीको प्रमुख प्रविधि अधिकृतबाट बाहिरिए ध्रुव अधिकारी , सुबितराज पोखरेल नियुक्त

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौँ । चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीको उच्च व्यवस्थापन नेतृत्वमा पुनः परिवर्तन भएको छ । कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) ध्रुव अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारी बाहिरिएसँगै रिक्त पदमा सुबितराज पोखरेल नियुक्त भएका छन् ।विगत साढे चार वर्षदेखि सीटीओको भूमिकामा रहेका अधिकारी आइतबारदेखि औपचारिक रूपमा कम्पनीबाट बिदा भएका हुन् । सामाजिक सञ्जाल लिङ्क्डइनमार्फत जानकारी दिँदै अधिकारीले ९ वर्षअघि खल्ती स्थापना गर्दाको क्षण स्मरण गरेका छन् । उनले आफ्नो कार्यकालमा कम्पनीको पूर्वाधार विकास र टिम विस्तारमा उल्लेख्य काम गरेको बताएका छन् ।

    images
    images

    नेपालका दुई ठुला डिजिटल भुक्तानी सेवा प्रदायकहरू आइएमई डिजिटल सोलुसन लिमिटेड आइएमई पे र ‘खल्ती प्राइभेट लिमिटेड’ (खल्ती) बिच मर्जर भई गत १ साउनदेखि एकीकृत कारोबार सुरु भएको थियो । मर्जरपश्चात् कम्पनीको उच्च व्यवस्थापनमा लगातार हेरफेर भइरहेको छ ।

    यसअघि मंसिरको पहिलो साता मात्रै चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का कम्पनीबाट बाहिरिएका थिए । खड्काको बहिर्गमनपछि कम्पनीको नयाँ सीईओमा प्रवीन रेग्मी नियुक्त भइसकेका छन् । मर्जरअघि आईएमई पेको सीईओ रहेका रेग्मी मर्जरपछि बनेको एकीकृत कम्पनीमा निर्देशकको भूमिकामा थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend