काठमाडौँ, २८ मङ्सिरः आज नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
दिउँसोको समयमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रहरूमा भने मौसम सामान्यतया सफा रहने मौसमविद्हरूले जनाएका छन्।
मौसमको अवस्था सामान्य रहेकाले दैनिक जनजीवन, यातायात तथा आर्थिक गतिविधिमा खासै अवरोध नआउने अपेक्षा गरिएको छ।




.gif)





