images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • दुई महिना बन्द रहेको सुपरमाइ हाइड्रो...

दुई महिना बन्द रहेको सुपरमाइ हाइड्रो पूर्ण रूपमा सञ्चालनमा

दुई महिना बन्द रहेको सुपरमाइ हाइड्रो पूर्ण रूपमा सञ्चालनमा

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • असोज दोस्रो साता आएको अवरिल वर्षाले  क्षति पुर्याएकाे सुपरमाइ हाइड्रोपावर कम्पनी पूर्ण सञ्चालनमा आएको छ। असोज १८ गतेदेखि सञ्चालन रोकिएको यस कम्पनीको मंसिर २२ गते रातिबाट विद्युत उत्पादन सुरू भएको हो। कम्पनीले इलाममा ७.८ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले २०७८ कात्तिकबाट व्यवसायिक रूप विद्युत उत्पादन गर्दै आएको थियो।

    images
    images

    व्यवसायिक उत्पादनको लागि पाएको समयभन्दा दुई वर्षअघि नै कम्पनीले विद्युत् उत्पादन गर्न सकेको थियो।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीको नाफा अघिल्लो पटकभन्दा तीन करोड ५४ लाखबाट घटेर तीन करोड ३१ लाख रूपैयाँमा सीमित भएको छ। आयोजनामा बाढीले क्षति पुगेको कारण नाफा घटेको कम्पनीले उल्लेख गरेको थियो। हाल कम्पनीको सेयर सात सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend