images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन...

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको बक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यौता असुल गर्नुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् । 

    images
    images

    मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि  न्यौपानेले २२ अर्ब नेपाल विधुत् प्राधिकरणको पैसा सत्तामा बसेकाहरूले तिर्नुपर्दैन भनेर  ट्रंक  लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए । निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ । 

    उनले  भने,  ‘२२ अर्ब नेपाल विद्युत् प्राधिकरणको पैसा सत्तामा बसेकाहरूले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गरे । कुलमानले विद्युत् प्राधिकरणलाई जुन अवस्थामा पुर्‍याएको छ त्यसको विरुद्धमा लाग्न थाले ।’अधिवक्ता यज्ञमणि  न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायालयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहीन अवस्थामा पुगे पश्चात् न्यायालयको ढोका ढकढक्याउन आइपुगेको बताए । 

    images
    images

    उनले भने, ‘जब देश अप्ठ्यारोमा पर्छ तब न्यायालयको ढोका ढकढक्याउनुको विकल्प अरू भएन । विकल्पहीन अवस्थामा पुगेपश्चात् न्यायालयको ढोका ढकढक्याउन आइपुगेका हौँ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend