काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शिक्षक सरुवा कार्यविधिसम्बन्धी गुनासाहरू आएका छन्।मन्त्री पुनको सचिवालयका अनुसार दैनिक झन्डै ५० वटा फोन सरुवा र पोस्टिङसम्बन्धी आउने गरेका छन्। सचिवालयको भनाइमा केही व्यक्तिहरू सरुवाको माग लिएर मन्त्रीलाई प्रत्यक्ष भेट्न मन्त्रालय आउँछन्।
तर शिक्षक सरुवा कार्यविधिविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। उक्त मुद्दा छिनोफानो नभएसम्म सरुवासम्बन्धी कुनै निर्णय नलिने पुनले यसअघि नै बताइसकेका छन्।२०८१ जेठ १३ गते तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका-२०८१’ स्वीकृत गरेकी थिइन्।निर्देशिका शिक्षकमैत्री नभएको भन्दै विद्यालय व्यवस्थापन समिति महासंघ, अभिभावक संघ तथा शिक्षक संगठनहरूले समेत विरोध जनाएका थिए।




.gif)



