images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • एक्सलाई २० अर्ब जरिवाना लगाएपछि ‘बकवास’...

एक्सलाई २० अर्ब जरिवाना लगाएपछि ‘बकवास’ भन्दै मस्कले बन्द गरिदिए ईयूको अकाउन्ट

एक्सलाई २० अर्ब जरिवाना लगाएपछि ‘बकवास’ भन्दै मस्कले बन्द गरिदिए ईयूको अकाउन्ट

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौँ । युरोपेली संघ (ईयू) ले एलन मस्कको सामाजिक सञ्जाल एक्समाथि भारी जरिवाना लगाएको छ । शुल्क तिरेकै भरमा एक्सले जोकोहीलाई ब्लु चेकमार्क दिएको र त्यसले गैरकानुनी तथा हानिकारक गतिविधि बढेको भन्दै ईयूले शुक्रबार कम्पनीमाथि डिजिटल सर्भिसेस एक्ट (डिजिटल सेवा ऐन) उल्लङ्घन गरेको भन्दै १२ करोड युरो जरिवाना लगाएको हो । यो रकम आजको विनिमय दर अनुसार करिब २० अर्ब १० करोड रुपैयाँ बढी हुन आउँछ ।यससँगै एक्स यो नयाँ कानुन अन्तर्गत कारबाहीमा पर्ने पहिलो कम्पनी बनेको छ । ईयूले जरिवाना लगाउने घोषणा गरेपछि मस्कले ‘Bullshit’ (बकवास) लेख्दै आक्रोश व्यक्त गरेका छन् । तर, विवाद यतिमै रोकिएको छैन ।

    images
    images

    जरिवानाको घोषणा भएको भोलिपल्टै एक्सका ‘हेड अफ प्रोडक्ट’ निकिता बियरले युरोपेली संघले आफ्नो पोस्टको रिच बढाउन प्लेटफर्मको कमजोरी दुरुपयोग गरेको गम्भीर आरोप लगाए । यसको जवाफमा एक्सले संघको विज्ञापन खाता (एड अकाउन्ट) नै बन्द गरिदिएको द भर्जले उल्लेख गरेको छ ।बियरका अनुसार युरोपेली संघले सन् २०२१ देखि आफ्नो विज्ञापन खाता प्रयोग गरेको थिएन । तर, एक्समाथि जरिवाना लगाइएको घोषणा गर्न भने ईयूले विज्ञापनका लागि मात्र छुट्याइएको विशेष ‘पोस्ट फर्म्याट’ प्रयोग गरेको उनको दाबी छ । बियरले भने, “ईयूले प्रयोगकर्तालाई भिडिओ हो भनेर झुक्याउन र कृत्रिम रूपमा पोस्टको रिच बढाउन यस्तो हर्कत गरेको छ । ” 

    ईयूको विज्ञापन खाता बन्द गर्ने एक्सको यो प्रतिशोधात्मक कदमले दुवै पक्षलाई खासै असर पार्ने देखिँदैन । बियरकै दाबी अनुसार संघले लामो समयदेखि विज्ञापन खाता प्रयोग नगरेकाले यसलाई रोक्दा एक्सलाई कुनै फाइदा पुग्ने देखिन्न ।

    images
    images

    यद्यपि एक्सले युरोपेली संघको निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने भए पनि हालका लागि उक्त भारी जरिवाना तिर्नुपर्ने बाध्यता छ । साथै एक्सले आगामी ६० दिनभित्र ‘भेरिफाइड चेकमार्क’को भ्रामक प्रयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने योजना पेश गर्नुपर्नेछ । यदि पेस गर्न नसकेको खण्डमा कम्पनीले थप कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend