images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • आधारभूत विद्यालयको अध्यक्ष बने कर्णालीका पूर्वमन्त्री...

आधारभूत विद्यालयको अध्यक्ष बने कर्णालीका पूर्वमन्त्री तथा सांसद परियार

आधारभूत विद्यालयको अध्यक्ष बने कर्णालीका पूर्वमन्त्री तथा सांसद परियार

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेशका सांसद एवं पूर्वमन्त्री रणसिंह परियार सर्वसम्मत चयन भएका छन्। ‎नेपाली कम्युनिस्ट पार्टीका नेता परियारलाई विद्यालयको अभिभावक भेलाले सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।बहालवाला प्रदेश सांसद र पूर्वमन्त्री जस्तो उच्च राजनीतिक ओहोदामा रहेका व्यक्ति आधारभूत तह (कक्षा १–८) को विद्यालय व्यवस्थापन समितिमा नेतृत्व लएपछि नैतिक प्रश्न उठेको छ।

    images
    images

    ‎‎अध्यक्ष पदका लागि सुरुमा अन्य ६ जना स्थानीय आकाङ्क्षीहरू देखिएका थिए । हाल सुर्खेतमा रहेका सांसद परियारले विद्यालयका प्रधानाध्यापक परबहादुर थापालाई फोनमार्फत आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न चाहेको प्रस्ताव राखेका थिए ।‎सांसद परियारले इच्छा व्यक्त गरेपछि अध्यक्षका अन्य आकाङ्क्षीहरूले उनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका बताइएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend