images

२०८३ आश्विन १७ गते

images
images
images

विद्यालयलाई अध्यापन अनुमतिपत्रबारे यस्तो निर्देशन

विद्यालयलाई अध्यापन अनुमतिपत्रबारे यस्तो निर्देशन

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिकाले अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई सामुदायिक विद्यालयमा अध्यापनमा नलगाउन निर्देशन दिएको छ।नगर कार्यपालिकाको कार्यालय, शिक्षा शाखाबाट सामुदायिक विद्यालयहरूलाई पठाइएको पत्रमा शिक्षा ऐन २०२८ को दफा ११ (ड) अनुसार अध्यापन अनुमतिपत्रबिना कसैले पनि अध्यापन कार्य गर्न नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।नगर शिक्षा समितिको मंसिर ८ गते बसेको बैठकको निर्णय सम्झाउँदै नगरपालिकाले अस्थायी, करार, निजी स्रोत वा अन्य कुनै माध्यमबाट समेत अध्यापन अनुमतिपत्र प्राप्त नगरेकाहरूलाई कक्षामा नलगाउन विद्यालयहरूलाई आग्रह गरेको हो।

    images
    images

    नगरपालिकाले अनुगमनका क्रममा अनुमतिपत्रविहीन शिक्षकले कक्षा सञ्चालन गरिरहेको पाइएमा नियमअनुसार कार्यवाही हुने चेतावनी पनि दिएको छ।यस्तै, विद्यालयमा कार्यरत सबै शिक्षकको अध्यापन अनुमतिसम्बन्धी विवरण विद्यालयमै व्यवस्थित राख्न समेत नगरपालिका निर्देशित गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend