images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • बाढीले क्षति पुर्‍याएपछि रसुवागढी जलविद्युत् आयोजना...

बाढीले क्षति पुर्‍याएपछि रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा

बाढीले क्षति पुर्‍याएपछि रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • काठमाडौँ, २१ मंसिर। बाढीले क्षति पुर्‍याएपछि उत्पादन बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। आयोजनाले एउटा युनिटबाट ३७ मेगावाट उत्पादन सुरु गरेको छ।

    images
    images

    आयोजना प्रमुख सत्य राम ज्याख्वका अनुसार, “वर्षा अगाडि सबै युनिट तयार हुन्छन्। खोलाको बहाव बढेसँगै अन्य युनिट पनि सञ्चालनमा आउनेछ।”

    गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो। आयोजनाले पूर्ण रूपमा सञ्चालनमा आउन भने केही समय लाग्ने जनाएको छ।

    images
    images

    चिनियाँ ठेकेदार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई)ले निर्माण गरेको यो आयोजना २०७० माघदेखि निर्माणमा थियो र गत पुसदेखि उत्पादन सुरु भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend