images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • आज काठमाडौँका विभिन्न स्थानमा निश्चित समयका...

आज काठमाडौँका विभिन्न स्थानमा निश्चित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध

आज काठमाडौँका विभिन्न स्थानमा निश्चित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध

images
images
शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • काठमाडौँ, २० मंसिर। नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौँका विभिन्न स्थानमा निश्चित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध गर्ने भएको छ। विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजना अनुसार बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ।

    images
    images

    प्राधिकरणको बानेश्वर वितरण केन्द्रका अनुसार मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म, तथा बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दीर्घायु अस्पताल क्षेत्रदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।

    त्यसैगरी, नयाँ चाबहिल नयाँबस्ती फिडर क्षेत्रमा बिहान ७ बजेदेखि ८ बजेसम्म चाबहिलचोक, गौरीघाट चोकदेखि नयाँबस्ती सम्पूर्ण क्षेत्रमा पनि बिजुली बन्द हुनेछ।

    images
    images

    विद्युत् कटौतीका कारण पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् आपूर्ति शीघ्र नियमित हुने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend