images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • अब घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक...

अब घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक गरे डिभोर्स !

अब घरकी’लाई नभनी ‘अर्की’को फोटो लाइक गरे डिभोर्स !

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • अब त सामाजिक सञ्जालमा एक लाइकले पनि घरबार बिर्गान सक्छ। टर्कीको सर्वोच्च अदालतले एउटा यस्तो फैसला सुनायो कि विवाहित जोडीहरूले अरूको फोटोमा लाइक थिच्नुअघि सय पटक सोच्नुपर्ने बनाएको छ। घटना टर्कीको कायसेरी सहरको हो। एचबी र उनकी श्रीमती एसबीबिच झगडा बढ्दै गयो। दुवैले सम्बन्ध विच्छेदको मुद्दा हाले। श्रीमती एचबीको मुख्य गुनासो थियो उनका श्रीमानले सामाजिक सञ्जालमा अन्य केटीहरूको फोटोमा लाइक गरेर उनको मन दुखाएका छन्, विश्वास तोडेका छन्।

    images
    images

    स्थानीय पारिवारिक अदालतले मुद्दा हेरेपछि श्रीमानलाई ठुलो दोषी ठहर गर्‍यो। अदालतले भन्यो, ‘अन्य केटीको फोटोमा लाइक गर्नु भनेको वैवाहिक विश्वास तोड्नु हो।’ सोही कुरालाई आधार मानेर अदालतले सम्बन्ध विच्छेद गर्न अनुमति दियो। साथै श्रीमानलाई श्रीमतीलाई मासिक ५०० लिरा निवारक भत्ता, ७५० लिरा गरिबी भत्ता र कुल ८० हजार लिरा क्षतिपूर्ति दिनुपर्ने आदेश गरियो। श्रीमानको तर्फबाट भएको क्षतिपूर्तिको माग दाबी भने खारेज भयो। श्रीमानले यो फैसला मानेनन् र माथिल्लो अदालतमा पुनरावेदनमा गए। तर कायसेरी क्षेत्रीय अदालतले त झन् कडा आदेश जारी गर्‍यो। त्यहाँ भत्ता एक हजार लिरा पुर्‍यायो। तर क्षतिपूर्ति भने ६० हजार लिरामा सीमित गर्‍यो।

    अन्तिममा दुवै पक्ष सर्वोच्च पुनरावेदन अदालत पुगे। सर्वोच्च अदालतको दोस्रो नागरिक चेम्बरले सबै तल्ला अदालतका फैसला सदर गर्‍यो। सर्वोच्चले स्पष्ट शब्दमा भन्यो, ‘विवाहित व्यक्तिले अन्य विपरीत लिंग (महिला) को फोटोमा लाइक गर्नु भनेको वैवाहिक बन्धनको विश्वास कमजोर पार्ने काम हो, यो सम्बन्ध विच्छेदको बलियो आधार बन्छ।’ एजेन्सीको सहयोगमा 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend