images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • अबको २० वर्षमा ४०–४५ खर्बको बिजुली...

अबको २० वर्षमा ४०–४५ खर्बको बिजुली बेच्न सक्छौँ : कुलमान

अबको २० वर्षमा ४०–४५ खर्बको बिजुली बेच्न सक्छौँ : कुलमान

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • उज्यालो नेपाली पार्टीका संरक्षक कुलमान घिसिङले अबको १५–२० वर्षमा नेपालले बिजुली निर्यातबाट ४०–४५ खर्बको बिजुली निर्यात गर्न सकिने बताएका छन् । पार्टी घोषणाको कार्यक्रममा बुधबार कुलमानले अहिले नै २०–२५ अर्बको बिजुली निर्यात भइरहेको भन्दै ५० हजार मेगावाट बिजुली निर्यात गरेर नेपालले देशलाई कायापलट गर्न सक्ने दाबी गरेका हुन् । 

    images
    images

    ‘अहिले नै २०–२५ अर्बको बिजुली निर्यात गरेका छौँ । १५–२० वर्षमा ५० हजार मेगावाट बिजुली बिक्री गर्दा ४०–४५ खर्बको बिजुली निर्यात गर्न सक्छौँ,’ उनले भने, ‘यो भनेका आजको नेपालको जीडीपी बराबर हो ।’ खर्बौं रुपैयाँ बिजुलीबाट आम्दानी हुन थालेपछि देशलाई सडक, पूर्वाधार, टनेल, रेल, शिक्षा, स्वास्थ्यजस्ता हरेक क्षेत्रमा कायापलट गर्न सक्ने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend