काठमाडौँ । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएसँगै सशस्त्र प्रहरी बल नेपालमा प्राविधिक समूह तर्फका करिब १ सय ९२ जना आधारभूत तहका सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्ति विकासमा सम्बोधन हुने भएको छ । करिब १५/१६ वर्षसम्म एउटै दर्जामा रही कार्य गर्ने सबै प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका प्राविधिक सशस्त्र प्रहरी जवानहरूले बढुवा प्राप्त गरेका सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता मनिष थापाले बताए ।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८२ स्वीकृत भएपश्चात् हाल सङ्गठनको रिक्त रहेको करिब २८ सय भन्दा धेरै विभिन्न पदमा वृत्ति विकासको सम्बोधन हुनेछ र सङ्गठनले क्रमशः अन्य रिक्त पदहरूमा पनि बढुवा प्रक्रिया सुरु गरिसकेको छ । यसका साथै सङ्गठनले आचरण विपरीत कार्य गर्ने र सामाजिक सञ्जालको दुरुपयोग गरी गैर जिम्मेवार अभिव्यक्ति सम्प्रेषण गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमानुसार कडाभन्दा कडा कारबाही गर्ने नीति समेत सङ्गठनले अवलम्बन गरेको छ ।




.gif)



